KUMPULAN : An Indonesian Restaurant in Arnhem (NL).
Friday, April 10, 2009
Friday, October 3, 2008
Sunday, June 15, 2008
मैले सुधार्न खोजेको गाउँ:
गाउँवाट आउने जो कोहीसंग हुने मेरो कुराकानीमा देखिने चासोका विषयमा मेरा धेरै साथीहरुले झर्को माने जस्तो मेरो महशुस छ। वेलिविस्तार लगाउनुपर्ने झन्झटले पनि होला, कतिपय मित्रहरु म संग त्यत्ति नजिकिन चाँहदैनन्, यदि भईहाले पनि धेरै समय विताउन चाहँदैनन, यो मेरो अडकल हो। केही गरौं न ! हामीपनि तपाईहरुलाई साथ दिन ईच्छुक छौं भन्ने मेरो आशय मेरा गाउँले कतिपय साथीहरुलाई निको लाग्दैन, र हामी यहाँ "परदेश" मा वस्ने साथीहरुको आशय लाई मेरा ती साथीहरुले उचित ढंगले लिन सकिरहेका छैनन् भन्ने मलाई लागेको छ।
कुन्नि किन हो, सप्पै कुरा थाहा नपाइ चित्तै नबुझ्ने ! मलाई थाहा छैन। तर मलाई के थाहा छ भने - यो मेरो नैसर्गिक वानी हो। म संगै आएको। र मेरो कर्तव्य पनि केहि छ भन्ने आभास साँच्चै भन्नु पर्दा।
धेरै वर्ष देखी वनाएर सकिएको भएपनि गाऊँका धाराहरु सुख्खा थिए, हालसालै देखि धारामा पानी आउन थाल्यो रे। म यस वाट भाव विहोर भएँ - सुनेर, किनकि मेरा जिजु-वाजे-वराजु हरुको जिन्दगि यसरी नै हरेक विहानभरी पानीको गाग्रो वोकेर विताउनु पर्ने- त्यो समयको वचत भएको छ। साना नानीहरु विहानै देखी पँधेरामा विताउनु पर्ने समयको केहि वचत भएको छ। वाटोको लागी मानिस हरु लागी परेका छन, र गाउँलेहरु अहिले वाटो कहिले आउँछ भन्ने प्रतीक्षमा छन अरे ! विजुली भने अलि पहिले देखि नै वल्न थालेको थियो, पानीको धारा आउनु पू्र्व - अझ खास भन्ने हो भने त लगभग ८ वर्ष पहिले। गाउँको स्कूलमा शिक्षकको अभाव उस्तै, धेरै महिना देखि अंग्रेजी सर हुनु हुन्न, विज्ञानको पढाई न'भाको पनि लगभग महिनादिन पुगिसक्यो, थानखर्कका धेरैजसो घरहरुमा टिनको छानो हालेछन, केहिले त मधेशमा जमिन पनि जोडिसकेछन, दुवई वाट छोरोले पठाको पैसाले। नयाँ कपडाको विक्रीपनि ह्वात्तै वढेको छ र खुद्रा सामानको विक्रीपनि राम्रो छ - भीम सरले भन्नुभा'को ! चाउचाउ, चकलेट, विस्कुट आदिको विक्रि पनि राम्रो छ। भीम सरको पसलको विक्री राम्रो छ र त्यसमा वाहाँ ले छुटाउनु भएको कुरा तल्तिर राउसे दाईले थपे : पहिले पहिले पोकामा आउने, तर अहिले प्लाष्टिकको वोतल जस्तो आकारमा आउँछ। दुवईमा, कतारमा, मलेशियाका जंगलमा, साउदिमा र अन्य यस्तै विदेशका कठिन कामसंग केहि पैसाको लागि आफ्नो जिन्दगीका स्वर्णीम दिनहरु वन्दकिमा छन, यो सवैले जाने-वुझेको कुरा भो। पहिले पहिले गाउँ-घरमै उत्पादन र विक्री वितरण गरिने त्यो जिनिस भारतीय फौज का रिटायर दाईहरु ले ल्याउने वोतलहरुमा खोईलाको विर्कोमा पाईन्थ्यो। कोदो को त्यो चिजविज उत्पादन गर्न चाहिने केहि कच्चा पदार्थहरु ल्याउने हाम्रो जिम्मा हुन्थ्यो धेरै जसो - सेतिविनि वाट। नवदा, कलकत्ता र दिल्लि वाट लाहुरेहरु घर फर्किने सिजन मा त्यसले तीव्र गति प्राप्त गर्थ्यो भने गाउँमा पैसा खेलाउने सिजन पनि। हामीलाई यी केटाकेटिले नवुझुन् भनेर होला दाईहरुले 'माल्टा' को भाषामा कुरागरिरहेको सुनेर म ट्वाल्ल परेर हेरेको हेर्यै वाहेक केहि हुन्थेन, पछि थाहा पाउँदै गईयो त्यो उता रहँदा नवदा (विहार)मा वहाँहरुको पेय रहेछ।
मेरा गाउँलेहरु धेरैजसो ले भारतमा आफ्नो श्रम खर्चेका छन। कति त जिन्दगी उतै विताए, नयाँ पुस्ताले उनिहरुलाई चिन्दैन। मैले चिने-जानेकाहरु पनि कतिपय धेरै वर्ष घर फर्किएका छैनन्। खै के गर्छन त्यहाँ मलाई थाहा छैन, तर जति आए तिनिहरु यहाँ आएर पनि लामो समय गाउँको चिसो हावा खान पाएजस्तो मलाई लागेन। धैरैको अवस्था तिनिहरुले चाहेर पनि आफ्नो परिवारलाई केहि गर्न सक्ने अवस्थामा थिएनन्। कतिपय त अझैपनि त्यतै छन, धेरै वर्ष देखि त्यतै छन् घरमा जाहान-वच्चाहरु रेखदेख र शिक्षा परको कुरा भो, खेतिको वेलामा खाने चिया को लागी चिनि किन्ने पैसा छैन, वृद्द आमाले विरामी हुँदा खाएको औषधीको पैसा तिर्न सकिएको छैन, यी सवका वावजुद पनि जीवन चलिरहेको छ मानिसहरुको। तर त्यो कसरी चलिरहेको छ !! भविष्यको कुनै लक्ष देख्दिन म त।
अझैपनि धेरैजसो भाइ-वहिनी हरु स्कूल नगई वारीमा खेतिको लागि जान्छन, दौंतरीहरु विद्यालय गएको देख्दा तिनिहरुलाई पनि स्कूलजाने रहर त पक्कै होला, तर घाँस पात, र वारीको मेलो नगरे फेरि वेलुकि के ले भात पकाउने, भैसी र अरु वस्तु भाउलाई घाँस पनि चाहियो, वर्षाभरि काम नगरे खाने चिज कहाँवाट ल्याउने; यो पीरलोले पाकाहरुलाई मात्र होईन घरको सवै परिवारहरुलाई सताएको सतायै छ, हिजो-अस्ति देखि होईन, पुस्तौं देखि। जति स्कूल जान्छन, धरैजसो एस.एल.सी. मा गुल्टिन्छन, केटीहरु भए विहेको लागी हतारो र केटाहरु दिल्लीका लाहुरे। अलिकति पैसाको जोहो गर्न सकिने हो भने त कुरो वेग्लै भो - विदेश। जहिले घरजाँदा पनि फलानाको अमुक दिन फ्लाईट रे, फलानाको चाँही भिसा खस्नै लागेको छ। उसले यति रकम पठायो, उसले यति। पैसाको भने उतिसारो कठिनता छैन पहिले-पहिले जस्तो। यसरी यो अनुच्छेदमा भनिएका दुई परस्पर विरोधि कुराहरुले के झल्काउँछन त !! मेरो गाउँको यथार्थता हो यो।
अलि अस्ति, श्रीमति संग फोनमा कुरा गरिरहँदा, विहानै कोईलिको कुहूँ-कुहुँको आवाजले नक्कै आनन्द दियो। कुरा भईरहँदा नेपथ्यवाट आईरहेको त्यो आवाज ले त मलाई अहिल्यै झोला वोकेर यो निस्सासिंदो शहरवाट पलायन होउँ जस्तो पनि लाग्यो, तर के गर्नु त्यहाँ गएर गर्ने आखिर के ! म संग उत्तर थिएन र भएपनि त्यो उत्तर आँफैमा राम्रो थिएन। मैले मेरो कुरालाई लम्व्याउन खोजिरहको थिएँ - जुन यस अघिका भन्दा अलिक भिन्न लागिरहेको थियो मेरो श्रीमतिलाई। उनि कुरा टुङ्ग्याउन चाहने, म लम्व्याउन । त्यसका पछाडी को कारण उहि आवाज थियो - सर्वथा। सधै म सुत्ने वाहिरको पिंढी मा विहान मेरो निद्रा 'भङ्ग' गर्ने आवाज सदैव त्यही हुन्थ्यो - तर त्यो कहिल्यै पनि कर्कश लागेन मलाई किन कि, त्यो सुमधुर आवाज कहिल्यै त्यस्तो हुँदैन।
मैरै सन्दर्भको कुरा गर्ने हो भने धेरै समय भईसकेछ गाउँ छाडेको, वर्षमा एक-दुई पटक त गईन्छ, केहि टाठा वाठाहरु संग 'भेटघाट' गरिन्छ, र उनिहरुले पनि "तोरी लाहुरे" आएछ भन्छन क्यारे ! दुई-चार दिन वस्यो, केहि आफन्तहरुलाई भेट्यो, फेरी तोरीलाहुरे को खातिर हिंड्यो। यस्तै गरेर धेरै वर्ष वितेछन। यसै वीचमा गाउँमा माष्टर भइ पनि टोपलियो। एस.एल.सि.दिएर आएपछि पाइएको जागीर, आफू भन्दा उमेरले जेठा पनि साथीहरुलाई पढाउन कम्ति गाह्रो लागेको थिएन, अलि तल्लो कक्षाका भाई-वहिनि हरुको सातो नखेलाई यिनले सिक्दैनन् भन्ने मेरो वज्र मान्यता मैले मेरा प्राथमिक शिक्षाका गुरुहरु वाटै सिकेको थिएँ, म त्यस लाई हु-वहु उतार्न चाहन्थें। मेरो जस्तै यिनिहरुको पनि सुरुवाल भिज्नु पर्छ भन्ने मेरो मान्यता थियो। त्यसपछिका दिनहरु मा पनि त्यहाँको स्कूलमा धेरै समय मैले ति नानीहरुको 'उज्जवल भविष्य' को कामना गर्दै मेरा दिनहरु खर्चेको छु, यसमा मलाई गर्व छ कि - कुनै दिन पनि १०.०० वजे नखुल्ने स्कूल, केहि महिना भित्रै १०.०० वजे खुल्न थाल्यो, लगभग सवै 'सर'हरु १० वजे नै स्कूल आईपुग्न थाल्नु भो। विस्तारै विस्तारै यो नियम वहाँ हरुले आँफैले पनि सहन नसक्नेगरि 'कडा' तुल्याउनु भो। विस्तारै विस्तारै विद्यालयले प्रगति गर्दै गइरहेको छ। भाईवहिनि हरुलाई पहिले पहिले जस्तो कठिनाई छैन, सापेक्षिक रुपमा त्यो राम्रो प्रगति हो।
गाउँमा मोटर वाटो पु-याउने सपना धेरै पहिले देखि देखिएको थियो, खासगरि पेलाकोट ले वाटो खनेपछि त्यसको सोझो प्रभाव हाम्रोमा पनि परेको देखियो, वाटो सेतिवेनी सम्म पुग्यो, फेरि माथिल्लो भेग त कसैको नजरमा परेन क्यारे, हामीपनि २०५५ सालतिरै चितुङको चौपारीमा वसेर त्यसको सोच वनाएका थियौं। हाल त्यो सपना कार्यान्वयन भइरहेको मा खुशिलागेको छ। कुनैदिन हामीकहाँ पनि मोटर पुग्नेछ, त्यो पनि एउटा विकास को सुचक हो। मोटर वाटो निगाली सम्म त उहिल्यै पुगेको हो, ठुलो ढुँगाले अवरोध गरेछ निगाली कटेपछि, अहिले पँधेरा सम्म पुग्या'छ रे। माथी सिंजाली हरिले भनेका। अव वर्षा लाग्यो, काम वन्द होला, दशैं पछि फेरि थाल्ने रे।
कहिले काँहि विकासे काम हरु पनि भई रहेका छन, गा.वि.स. केन्द्र सम्म जान-आउनको लागि वाटो मर्मत भएछ, त्यो म अहिले (२०६४ चैत्रको अन्तिमतिर) संविधानसभाको चुनावमा भोट हाल्न गाउँ गएको वखत हिंड्ने मौका मिल्यो। वाटोलाई सजिल्याइएको छ। धैरै सजिलो भएको छ। (२०६५-३-१)
-----------------------------

Wednesday, November 28, 2007
काळीगण्डकीको वाँध क्षेत्र - मिर्मीमा
मिर्मीमुनि काली थुनेको !!
कालीगण्डकी नदि को वाँध यहिँ मिर्मी मुनि छ, आँधिमुहानमा। यो फोटो त मैले २०६३ वैशाखमा रानीफाल (१७०० मीटर - समुद्री सतहवाट) वाट खिचेको हुँ। आँधिमुहान लगभग ५५० मीटरमा अवस्थित छ।
रानीफालमा मैले कस्तो अनुभव गरें !
दिउँसो लगभग १२ वजेको थियो, गते मैले सम्झन सकिन वैशाख महिना हो २०६३ सालको। घाम असाध्यै चर्किरहेको थियो, वैसाख महिना भएर होला त्यहाँवाट हेर्दा टाढा-टाढा देखिएका खेतहरु, वारीहरु, भीरपाखा हरु लगभग खाली देखिन्थे। तर हरिया पालुवाहरु को आगमनले विरुवा-वोट हरु भर्खर जुँगाको रेखी वसेका किशोर हरु जस्ता देखिन्थे भने, खेत-वारी हरु किशोरीहरुको वैंशमा भईरहेको पदार्पण जस्तो। वरीपरि जंगल छ, घाँसे भिर हरुमा भर्खर घाँस पलाउँदै छ।
म भएको ठाउँ लाई रानीफाल भन्छन, त्यहाँको वारेम किम्वदन्ति हरु छन। कुरा लगभग दुईसय वर्ष पहिलेको हुनु पर्छ; वाईसे-चौविसे राज्यहरुको वेला, स्थानीय भुरे-टाकुरे राजाहरुको पनि हावी थियो त्यहाँ । स्थानीय वुज्रुग हरुको भनाईमा, उक्त स्थान।।....
Wednesday, November 21, 2007
Sunday, May 6, 2007
हालै हेरेको फोटो प्रदर्शनी
मैले हाल पढ्दै गरेको पुस्तक
Wednesday, January 10, 2007
थानखर्क देखी थाईभूमी सम्म
ति दिन हरु सम्झिंदा मात्र पनि कता कता निक्कै रमाईलो लगेको हुन्छ। सन् १९८८ को शुरुका महिनामा म मेरो १६ वर्षै उमेरको स्वभाव लाई पछ्याउँदै घरवाट भागेर त्यहाँ पुग्दा साँच्चै स्वर्ग पुगिएको हो कि जस्तो लागेको थियो मलाई। पहिलो पटक लामो यात्रा, नयाँ मुहारका मानिसहरु, नयाँ भाषा, कति कति असहज लागिरहेको थियो। पहिलो पटक को लामो वस यात्रा को दिक्क लाग्दो त्यो वातावरण, रमाईलो लागिरहेको थियो। सुनौली वाट २४ घण्टा वढीको वस् यात्रा म दंग थिएँ।
Tuesday, January 9, 2007
UNIQUE EXPERIENCE IN INDIAN CITIES:
Although, I have travelled many times in North Indian Cities, but this time I experienced new experience in Bihar. I found there is no time value. I got one day delay agains my plan. If you query about, in which time this bus will reach by the place of your destination, they say always soon, but actually they do not forllow the time rules. You will be said false information, that they dont like to miss one passenger. Really is very difficult to reach in your destination timely.
Subscribe to:
Posts (Atom)

.jpg)