Wednesday, November 28, 2007

काळीगण्डकीको वाँध क्षेत्र - मिर्मीमा


मिर्मीमुनि काली थुनेको !!

कालीगण्डकी नदि को वाँध यहिँ मिर्मी मुनि छ, आँधिमुहानमा। यो फोटो त मैले २०६३ वैशाखमा रानीफाल (१७०० मीटर - समुद्री सतहवाट) वाट खिचेको हुँ। आँधिमुहान लगभग ५५० मीटरमा अवस्थित छ।

रानीफालमा मैले कस्तो अनुभव गरें !
दिउँसो लगभग १२ वजेको थियो, गते मैले सम्झन सकिन वैशाख महिना हो २०६३ सालको। घाम असाध्यै चर्किरहेको थियो, वैसाख महिना भएर होला त्यहाँवाट हेर्दा टाढा-टाढा देखिएका खेतहरु, वारीहरु, भीरपाखा हरु लगभग खाली देखिन्थे। तर हरिया पालुवाहरु को आगमनले विरुवा-वोट हरु भर्खर जुँगाको रेखी वसेका किशोर हरु जस्ता देखिन्थे भने, खेत-वारी हरु किशोरीहरुको वैंशमा भईरहेको पदार्पण जस्तो। वरीपरि जंगल छ, घाँसे भिर हरुमा भर्खर घाँस पलाउँदै छ।
म भएको ठाउँ लाई रानीफाल भन्छन, त्यहाँको वारेम किम्वदन्ति हरु छन। कुरा लगभग दुईसय वर्ष पहिलेको हुनु पर्छ; वाईसे-चौविसे राज्यहरुको वेला, स्थानीय भुरे-टाकुरे राजाहरुको पनि हावी थियो त्यहाँ । स्थानीय वुज्रुग हरुको भनाईमा, उक्त स्थान।।....

1 comment:

Anonymous said...

Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Livros e Revistas, I hope you enjoy. The address is http://livros-e-revistas.blogspot.com. A hug.