Wednesday, November 28, 2007

काळीगण्डकीको वाँध क्षेत्र - मिर्मीमा


मिर्मीमुनि काली थुनेको !!

कालीगण्डकी नदि को वाँध यहिँ मिर्मी मुनि छ, आँधिमुहानमा। यो फोटो त मैले २०६३ वैशाखमा रानीफाल (१७०० मीटर - समुद्री सतहवाट) वाट खिचेको हुँ। आँधिमुहान लगभग ५५० मीटरमा अवस्थित छ।

रानीफालमा मैले कस्तो अनुभव गरें !
दिउँसो लगभग १२ वजेको थियो, गते मैले सम्झन सकिन वैशाख महिना हो २०६३ सालको। घाम असाध्यै चर्किरहेको थियो, वैसाख महिना भएर होला त्यहाँवाट हेर्दा टाढा-टाढा देखिएका खेतहरु, वारीहरु, भीरपाखा हरु लगभग खाली देखिन्थे। तर हरिया पालुवाहरु को आगमनले विरुवा-वोट हरु भर्खर जुँगाको रेखी वसेका किशोर हरु जस्ता देखिन्थे भने, खेत-वारी हरु किशोरीहरुको वैंशमा भईरहेको पदार्पण जस्तो। वरीपरि जंगल छ, घाँसे भिर हरुमा भर्खर घाँस पलाउँदै छ।
म भएको ठाउँ लाई रानीफाल भन्छन, त्यहाँको वारेम किम्वदन्ति हरु छन। कुरा लगभग दुईसय वर्ष पहिलेको हुनु पर्छ; वाईसे-चौविसे राज्यहरुको वेला, स्थानीय भुरे-टाकुरे राजाहरुको पनि हावी थियो त्यहाँ । स्थानीय वुज्रुग हरुको भनाईमा, उक्त स्थान।।....

Wednesday, November 21, 2007

जीपमा हुईंकिने वेला

२०६४ को दशैंमा



रोशन र समीक्षा
यी दुइजना संग वसेर कुराकानी गर्न मलाई रमाईलो लाग्छ।

Sunday, May 6, 2007

हालै हेरेको फोटो प्रदर्शनी



"लडाईंमा जनता" (A People War)

विगतको दशकमा नेपालमा चलेको शसस्त्र द्वन्दका कारण पीडीत हरुको फोटो सङग्रहगरि नेपालका विभिन्न शहरहरुमा गरिएको प्रदर्शनी । मैले पनि आज हेरें (प्रदर्शनिको अन्तिम - थपिएको दिन)। नछुटाउनु पर्नेछ। मलाइ प्रतिक्रिया लेख्न मनलाग्यो उनिहरुले भनेजस्तै - फेरि नदोहोरियोस ।

मैले हाल पढ्दै गरेको पुस्तक


मैले हाल पढ्दै गरेको पुस्तक "यजुर्वेद" - नेपालीमा । यो पुस्तक सर्वसाधारण र संस्कृत नजान्नेहरुका लागी नेपाली भाषामा रुपान्तरगरी (संस्कृत मुल सहित) लेखिएको छ।

Wednesday, January 10, 2007

थानखर्क देखी थाईभूमी सम्म

ति दिन हरु सम्झिंदा मात्र पनि कता कता निक्कै रमाईलो लगेको हुन्छ। सन् १९८८ को शुरुका महिनामा म मेरो १६ वर्षै उमेरको स्वभाव लाई पछ्याउँदै घरवाट भागेर त्यहाँ पुग्दा साँच्चै स्वर्ग पुगिएको हो कि जस्तो लागेको थियो मलाई। पहिलो पटक लामो यात्रा, नयाँ मुहारका मानिसहरु, नयाँ भाषा, कति कति असहज लागिरहेको थियो। पहिलो पटक को लामो वस यात्रा को दिक्क लाग्दो त्यो वातावरण, रमाईलो लागिरहेको थियो। सुनौली वाट २४ घण्टा वढीको वस् यात्रा म दंग थिएँ।

Tuesday, January 9, 2007

UNIQUE EXPERIENCE IN INDIAN CITIES:

Although, I have travelled many times in North Indian Cities, but this time I experienced new experience in Bihar. I found there is no time value. I got one day delay agains my plan. If you query about, in which time this bus will reach by the place of your destination, they say always soon, but actually they do not forllow the time rules. You will be said false information, that they dont like to miss one passenger. Really is very difficult to reach in your destination timely.

Wednesday, January 3, 2007

BODH-GAYA

During the last week of the year 2006, I made a visit to Bodh-Gaya, the Indian Holy City of the (basically) Buddhists. It the nice place to see, and I like to suggest to be there at least once. There is a famous temple named Mahabodhi Vihara, where Lord Buddha got enlightment after a continued 6 years of meditation, and where he spent 7 weeks for meditation to find the solution of different questions. Finally he got enlightment and started to teach for his follwoers.

This time I had been there with my family members. The route I have used is KATHMANDU - GORAKHPUR - VARANASI - SASARAM - AURANGABAD - GAYA - BODHGAYA - GAYA - PATNA - RAXAUL - BIRGUNJ - NARAYANGARH - KATHMANDU.

झारखण्ड र विहारको सीमा तथा फल्गु नदी-तट मा अवस्थित गया बिहार प्रान्त को एक प्रमुख शहर हो । वाराणसी जस्तै गया को प्रसिद्धी पनि मुख्य रुपमा एक धार्मिक नगरी को रुपमा रहेको छ। पितृपक्ष को अवसरमा यहाँ हजारौं श्रद्धालु भक्तजनहरु आफ्ना पितृहरुको पिंडदान का लागी एकतृत हुन्छन्। गया सड़क, रेल तथा वायु- मार्ग द्वारा भारतका विभन्न शहरहरु संग जोडिएको छ भने नवनिर्मित गया अंतर्राष्ट्रीय विमान स्थलद्वारा यो थाइल्याण्ड संगपनि सोझो सम्पर्कमा छ। गया वाट १७ किलोमिटर को दुरिमा अवस्थित बोधगया जो विश्वप्रसिद्द वौद्द तीर्थ स्थल हो, र यहि स्थानमा जहाँ बोधी वृक्ष को मुनि भगवान बुद्ध ले ज्ञान प्राप्त गरेका थिए।
विहार को राजधानी पटना वाट करिव १०० किलोमिटर दक्षिण-पूर्वमा अवस्थित वोधगया लाइ यूनिसेफ ले सन २००२ मा विश्व सम्पदा सूचिमा पनि समावेश गरेको छ।